Drop Down MenusCSS Drop Down MenuPure CSS Dropdown Menu

Monday, July 8, 2013

ramesh nepali dang


जलेको मनलाई अझै नजलाउ मेरी सानु
गलि सकेको मुटू अझै नगलाउ मेरी सानु

सुमधुर सम्बन्ध हाम्रो छुटायो दैबले आज
बिगत सम्झि मनमा आगो नबलाउ मेरी सानु

कोसिस गर मेरी माया भुल्न बिगतका दिन
बोले पिडा बल्झिन्छ फेरि नबोलाउ मेरी सानु

सामिप्यमा रमाउदा तिमी मिठा मिठा कुरा
बितेका हर पल सम्झि नटोलाउ मेरी सानु

यस्तै रैछ हाम्रो भाग्य एउटै हुन पाईएन
मन थिर बनाई राख नडुलाउ मेरी सानु

No comments:

Post a Comment