Drop Down MenusCSS Drop Down MenuPure CSS Dropdown Menu

समाचार

अवार्ड जिताउने प्रिन्साको मुस्कान

काठमाडौँ-फिलिपिन्समा आयोजित मिस अर्थ– २०१४ मा सहभागी मिस नेपाल अर्थ प्रिन्सा श्रेष्ठ कुमारीको भेषमा । नेपाली सुन्दरी प्रिन्साले यसअघि नै प्रतियोगिता अन्तर्गत महत्वपूर्ण उपलब्धि इको ब्युटी भिडियो टाइटल अवार्ड जितेकी छन् ।
यो विधा अन्तर्गत उनलाईुकन्टिनेन्टल विनरु छनोट गरिएको थियो। जसका लागि प्रिन्साले एभरेष्ट पोटाटो प्यानकेकु शीर्षकको प्रोजेक्ट प्रस्तुत गरेकी थिइन्।
प्रिन्साले मिस याहो ब्युटीअन्तर्गत अनलाइन भोटिङमा समेत प्रतिस्पर्धा गरिरहेकी प्रिन्साले उक्त विधामा सफल भए उत्कृष्ट १६ मा पर्नेछिन्। तस्बिर सौजन्य : सुनिल रेग्मी

कन्चनपुरमा यात्रुबस दुर्घटना २ को मृत्यु, २८ घाइते

धनगढी, कन्चनपुर जिल्लामा शनिबार एक यात्रुबाहक बस दुर्घटनामा परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर जिल्लो कृष्णपुरमा उक्त बस दुर्घटनामा परि २ जना यात्रुको ज्यान गएको छ । उक्त दुर्घटनामा अन्य २८ जना घाईते भएको प्रहरीले जनाएको छ । घाइते भएकाहरू मध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।
धनगढीबाट महेन्द्रनगरतिर गईरहेको म १ ख ४१५ नम्बरको यात्रुबस दुर्घटनामा पर्दा उक्त बसका सहचालक दैजी घरका भएका सुरेश थापाको घटनास्थलमानै ज्यान गएको छ भने अर्का कञ्चनपुरको देखतभुली ८ की ५३ बर्षीय भागरथी विकको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार उक्त बस दुर्घटनामा घाईते भएका मध्ये १ जनाको सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ भने अन्य घाइतेको अत्तरियाको पदमा अस्पतालमा उपचार भईरहेको छ ।
उक्त बस गुडिरहेको बेला पछाडीको चक्का खुस्किएर दुर्घटनामा परेको थियो । चक्का खुस्किएपछि उक्त बस पल्टिएको कुरा प्रहरीले जनाएको छ ।

एड्सले ११२ जनाको मृत्यु


/मिडिया एनपी, कञ्चनपुर । कञ्चनपुरमा एचआइभी-एड्सबाट हालसम्म ११२ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्भनपुरका अनुार हालसम्म भेटिएका ४२६ सङ्क्रमितमध्ये ११२ जनाकोे मृत्यु भएको छ ।
कार्यालयका अनुसार भारतमा मजदुरी गर्न जाने १९६ र उनीहरूका परिवारका १६५ जना सङ्क्रमित भेटिएका हुन् । एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका ५१ शिशु, सात यौनकर्मी महिला र एक जना तेस्रो लिङ्गीमा एचआइभी देखिएको स्रोतको दाबी छ ।

जातले छेक्न सकेन उर्मिला र सुमनको प्रेम !
अन्तरजातीय विवाह गर्ने जोडीले न्याय पायो

८ भदौ, बिराटनगर । तस्वीरमा देखिएको यो जोडीले जिल्ला अदालत सुनसरीमा पति-पत्नीको नाता कायम गराई मन्दिरमा विवाह गर्‍यो । तर, दलितसँग बिहे गरेको भन्दै बाहुन जातको केटी पक्षले बल प्रयोग गरेर उनीहरुलाई छुटायो ।
करिब एक महिनापछि उनीहरु पुनः भेट भई कुलेलम ठोके । समाज र परिवारको डरले लुकीलुकी हिँडिरहेका उनीहरुलाई प्रहरीले फेला पार्‍यो र आइतबार पुनः विवाह गराएर केटाको घरमा भित्र्याइयो ।
यो पनि पढ्नुस् : अन्तरजातीय विवाह गर्दा सडकको बास
अन्तरजातीय विवाह गरेकै कारण घरबाट विस्थापित भएको बिराटनगरको यो जोडीलाई केटाको घरमा भित्र्याएर पुर्नस्थापना गरिएको हो ।
एक साताअघि समाजको डरका कारण विस्थापित भएका सुमन मगराती र उर्मीला खतिवडाको यो जोडीलाई आइतबार अधिकारकर्मी, प्रहरी, पत्रकार र नागरिक समाजकोअगुवाइमा सामाजिक विवाह गराई केटाको घरमा पुनःस्थापित गराइएको हो ।
बिराटनगर-५ गोकुल टोलका सुमन र उर्मीलाले कानुनी विवाह गरे पनि केटी पक्षले बाधा हालेको थियो । गत जेठ ५ गते सुनसरी जिल्ला अदालतबाट नाता कायम गराई मन्दिरमा विवाह गरेका सुमन र उर्मिलालाई केटी पक्षले प्रहरीको सहयोगमा एकापसमा छुट्याएका थिए ।
भदौ १ गते सुमन र उर्मिला एकापसमा भेट भई भागेपछि केटी पक्षले सुमनका बाबु केशबहादुर मगरातीलाई कुटपिटसमेत गरेका थिए । उनीहरु ६ दिनदेखि लुकेर बस्दै आएकोमा खोजी गरी समाजमा स्थापित गराइएको हो ।





डेरावालको जात सोध्दा घरबेटी प्रहरीको फन्दामा   
२०७१ भदौ २, काठमाडौं । तपाईको घरमा कसलाई भाडामा राख्ने वा नराख्ने अधिकार तपाईलाई नै छ । तर, कोठा दिइसकेपछि जात सोधेर ‘डेरा नदिने’ भन्नुभयो भने जेल जानुपर्ने हुन सक्छ । काठमाडौंको मध्य बानेश्वरका एक घरमालिक अहिले यस्तै फन्दामा परेका छन् ।आफ्नो घरको एउटा कोठा भाडामा दिन राजी भएर एक महिनाको भाडावापत ३ हजार रुपैयाँसमेत लिइसकेका कृष्ण थापाको परिवारले डेरावाल युवती दलित भएकै कारण ‘हुँदैन’ भनेपछि पीडित युवती कानुनी लडाइँमा उत्रिएकी छन् ।

सामान्य महिला थिइन् भने उनी कथित ‘तल्लो जात’को पीडा बोकेर फर्किन्थिन् होला । तर, यो घटनामा पीडित युवती पत्रकार हुन् । पत्रकार पनि सरकारी सञ्चारमाध्यम रेडियो नेपालकी समाचार वाचिका कमला रसाइली । कानुनको सहारा उनले यो घटना आफूलाई मात्र परेको भनेर सहनु भन्दा बाहिर ल्याएर कारवाही गराउँदा भोलिदेखि अरु घरबेटीहरु छुवाछुतप्रति सचेत होउन् भन्ने सोचेकी छन् । उनले डेरा बस्न नदिने घरबेटी विरुद्ध तीनकुने प्रहरीवृत्तमा मौखिक जाहेरी दिएकी छन् । कमलाको लिखित जाहेरी पनि तयार छ । प्रहरीले लिखित जाहेरी लिनुअघि पीडक भनिएका घरबेटीलाई कार्यालयमा झिकाएको छ । डीएसपी रमेश तामाङले बोलाउँदा नआए पक्राउ गर्ने चेतावनी दिएपछि थापालेे प्रहरी वृत्तमा आउने बताएका छन् । थापा आएपछि लिखित जाहेरी लिएर प्रक्रिया अघि बढाइने उनले बताए ।

‘मेरो यो लडाइँ एक घरबेटीविरुद्ध होइन, कथित दलित जाति भएकै कारण डेरा नपाउने र डेराबाट निकालिने विकृति विरुद्धको पाइला हो’ कमलाले अनलाइनखबरसँग भनिन् । उनीसँग माफी मगाएर मेलमिलाप गर्ने वा कानुनी लडाइँ लड्ने दुबै विकल्प छन् ।कमलाले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन ०६८ अनुरुप घरवेटी कृष्ण थापा र उनकी पत्नीमाथि हदैसम्मको कारवाही र क्षतिपूर्तिको माग गरेकी छन् । साथै घरभाडा वापत दिएको रकम फिर्ताको माग गरेकी छन् ।

घटना कसरी भयो ?
रामेछापको तिल्पुङकी स्थायी बासिन्दा कमला रसाइली काठमाडौं आएपछि ललितपुरको कुम्भेश्वरमा बस्दै थिइन् । उनले ६ महिना लगाएर एकजना साथी मार्फत मध्य बानेश्वरमा कोठा पाइन् । महिनामा ३ हजार भाडा तिर्ने गरी कोठा भाडामा लिइन् । र, भदौ १ गतेदेखि बस्ने गरी भदौको अग्रिम भाडासमेत दिइन् । जब डेरा सर्ने बेला भयो, घरबेटीले सोधे -नानी कोठा त दिइयो, रेडियोमा काम गर्ने मान्छेलाई दिँदा खुसी लागेको छ, जात चाहिँ के पर्‍यो कुुन्नि ? कमलाले सहजरुपमा आफू रसाइली हुँ भनिन् । ‘यो रसाइली भनेको कुन जाति हो ?’ घरबेटीको प्रश्नमा उनले सिधै बताइन्-हामी दलित हौं । त्यसपछि भड्किएकी घरबेटी आमैले ‘पानी नचल्ने जातलाई हामी डेरा दिदैनौं, हामीले दमै कामीलाई डेरा दिने गरेको छैन’ भन्दै पूजाआजा गर्दा समस्या पर्ने र पानी छोइछाइ हुने बताउँदै डेरा दिन अस्वीकार गरिन् ।

किन यस्तो गर्नुपर्‍यो ?
आफूले देशमा गणतन्त्र आइसकेको, जातिपाति नभएको र जातीय भेदभाव र छुवाछुत दण्डनीय अपराध हो भन्दा पनि घरबेटीले आफूमाथि अपमान गर्न नछाडेको कमलाले बताइन् । ‘त्यसपछि अब मैले पनि सहेँ भने जातीय भेदभावविरुद्धको अभियान भाषणमा मात्र सीमित हुन्छ भनेर यो कदम उठाएकी हुँ’ उनले भनिन् ।आफ्नो उद्देश्य कुनै एक घरबेटीलाई कारवाही गराउने भन्दा पनि यस्तो मानसिकता बोकेका लाखौं मान्छेलाई सचेत गराउनु रहेको कमलाले बताइन् । ‘अरुले यो घटनाबाट पाठ सिकेर जातीय भेदभाव नगरुन् भन्ने मात्रै मेरो चाहना हो’ कमलाले भनिन् ।

घरबेटीको दाबी
जातीय भेदभावलाई सामान्य सम्झिएका घरबेटी कृष्ण थापा आफूविरुद्ध कमला कानुनी लडाइमा उत्रिएपछि फन्दामा परेका छन् । उनी अहिले आफूले दलित भएकै कारण डेरा नदिएको भन्ने आरोप अस्वीकार गर्दैछन् ।‘अर्कै भाइ बस्ने भएकाले दिन नसकिएको’ दाबी उनले गरेका छन् । तर, अर्कै भाइलाई दिएको भए उनले किन कमलासँग एक महिनाको भाडा समेत लिएर भदौ १ देखिको सम्झौता गरे ? यो प्रश्नको जवाफ उनले दिन सकेनन् । त्यसो त काठमाडौंमा दलित भएकै कारण डेरा नपाउने समस्या कमलाले मात्रै होइन, अन्य धेरैले व्यहोर्दै आएको समस्या हो । काठमाडौंमा उसै पनि डेरा पाउन कठिन छ, त्यसमा पनि दलित समुदायका मानिसहरुमाथि डेरामा ठूलो विभेद हुँदै आएको सो समुदायका मानिसहरु बताउँछन् ।

माफी मागे घरबेटीले
यसैबीच घरबेटी कृष्ण थापा र लक्ष्मी थापाले महानगरीय प्रहरी वृत्तको कार्यालय तीनकुनेमा पुगेर आफूहरुबाट गम्भिर गल्ती भएको भन्दै माफी मागेपछि लिखित कागज गराएर कमलाले माफी दिएकी छन् । ‘मेरो उद्देश्य उनीहरुलाई जेल पठाउन थिएन, यस्ता घटना नहुन् भनेर उनीहरु जस्तालाई सचेत गराउने हो’ उनले भनिन् । प्रहरीले लिखित कागज गराएर आइन्दा कसैमाथि पनि जातीय भेदभाव नगर्ने व्यहोरामा सही गराई कमलाको अनुमतिमा छाडिदिएको प्रहरी स्रोतले जनाएको छ । कमला रसाईलीबाट भाडा बापत लिएको ३ हजार रुपैयाँ उनीहरुले फिर्ता गरेका छन् ।


No comments:

Post a Comment