Drop Down MenusCSS Drop Down MenuPure CSS Dropdown Menu

पुराना यादहरू


आँशु तिम्ले नझार है मेरो यादगरी ।
मायागर्छु तिमीलाईनै सयौ जूनिभरी ।।
नबस है जीवनसँग आँफै कैले हारी ।
जिन्दगानी नठान है कैलेपनी भारी ।।
चाडै गाउँ फर्किदैछु सात खोलातरी ।
तिम्रो माया साँचेकोछु मेरो मुटुभरी ।।
अब हाम्रो मिलनको दिन छोटिदैछ ।
हर्सले यो मुटु मेरो त्यसै रोकिदैछ ।।
दुक्कसँग बस्नु तिमी मेरो बाटोहेरी ।
चाडै गाउँ फर्किदैछु सात खोलातरी ।।
आँशु तिम्ले नझार है मेरो यादगरी ।
मायागर्छु तिमीलाईनै सयौ जूनिभरी ।।

No comments:

Post a Comment