Drop Down MenusCSS Drop Down MenuPure CSS Dropdown Menu

Friday, November 28, 2014

जानकीलाई हेर्दै पशुपतिले भने ढाड दुखेर मार्यो (भिडियो)

मिडिया एनपी, काठमाडौँ ।  ‘क्याम्पस पढ्न आउनी’, ‘मलाई अमेरिका यही’ लगायतका दर्जनौ गीतका सर्जक बनीसकेका गायक ‘पशुपति शर्मा’ले नयाँ गीत युट्युबबाट सार्वजनिक गरेका छन् । फरक शैलीका बिषय बस्तुमा रम्न सिपालु गायक शर्माले आफ्नो पुरानै धारलाई समात्दै ढाडको समस्यामा आधारित गीत मार्फत व्यग्यात्मक शैलीमा आम मानिसको काम चोर व्यबहारलाई चोटीलो रुपमा प्रहार गरेका छन् । हालै सार्वजनिक गरिएको भिडीयमा उनले ठट्यौली पारामा दोहोरी र रोइला शैलीमा यसो भनेका छन् । 
जान्नी मान्छे कोही भए बोल,
सजिलो काम भन्देउ न के होला ,
जे गर्न नि गाह्रो, 
हलो जोती खान खोजे हलै जोत्न गार्‍हो, 
गीत गाएर खान खोजे गीतै गाउन गार्‍हो, 
सुति सुति खान्छु भन्दा ढाड दुखेर गार्‍हो ।
पशुपति शर्माको लय शब्दमा ‘जानकी तारमी मगर’ र स्वयं शर्माले स्वर दिएका छन् । भिडीयोमा पनि उनीहरुले नै अभिनय गरेका छन् । आशिष म्यूजिक प्रालीले बजार व्ब्यवस्थापन गरेको गीतमा शर्माले जनचेतना फैलाउँदै सबैलाई आ आफ्नो काममा निरन्तरता दिएर सन्तुष्ट हुन पनि आग्रह गरेका छन् । शर्माले यस अघि निकालेको तिज चनचेतनात्मक गीत ‘हामी नेपाली’ लाई केही दलीत नेताले अफवाह फैलाउन खोजेको भन्दै बन्द गर्ने चेतावनी दिए पनि उनको गीत चर्चित बनेको थियो ।

Monday, July 21, 2014

पशुपति शर्माको तीजको गीतमाथि प्रतिबन्ध लगाउन माग

काठमाडौं । महिलाहरुको महान चार्ड हरितालिका तीजका पुरुष सेलिब्रेटी गायक पशुपति शर्माले यसवर्षको तीजको लागि लक्षित गर्दै बजारमा ल्याएको गीतको सबत्र विरोध भएको छ ।
शर्माले तीजलाई लक्षित गर्दै बजारमा ल्याएको ‘गाउँ निकाला’ एल्वममा रहेको ‘के को बाहुन के को जनजाति, जातका कुरा गर्नेहरु देशका लागि घाति, जातका कुरा गर्नेको दिमाग कहाँ छ ?, मेरो छोराले कमिनी ल्यायो, मेरी छोरी दमैसित गई…’ गीतको विरोध भएपछि उनलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ ।
शर्माले टेलिभिजन मार्फत गीतको प्रोमो बजाएपछि सो गीतले दलितको खिल्ली उडाएको भन्दै दलित सेवा संघले विरोध जनाएपछि शर्मा समस्यामा परेका छन् ।
संघका सचिव सन्तोष विश्वकर्माले विज्ञाप्ती जारी गर्दै सो गीतले दलित समुदायलाई होच्याउने र खिल्लि उडाउने भन्दै तत्काल सो गीत माथि प्रतिबन्ध लगाएर बजारमा जानबाट रोक्न आग्रह गरेका छन् । गीतलाई नरोकिए दलित समुदाय अन्दोलनमा उत्रने र कानूनी कारबाहीको प्रकृयामा जाने सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।
तर गायक शर्माले सो गीत मार्फत आफूले दलित समुदायको भावनामा खेलवाड नगरेको बताएका छन् । उनले गीतको पुरै भिडियो हेरेपछिमात्र प्रतिक्रिया दिन आग्रह गरेका छन्


Sunday, July 6, 2014

राम्रो फुल


  1.                                                                    राम्रो फुल

खडेरिमा राखेको पानी, सुख्खा र बन्जर जमीनमा हानेको कोदालो, बिहान बेलुकाको रेखदेखको करामात स्वरुप बिभिन्न रंग, संख्या, स्वरुप, र आकृतिमा मुस्कुराएका यी गुलाब हेर्दा मन त्यसै त्यसै पुलकित बन्दों रहेछ। अहिले सम्म धेरै फुल फुले, जुन फुल फुले पनि यो जस्तो राम्रो त कुनै फुल पनि फुलेन भन्दै हरेक फूलको तारीफ गर्दै आउंदा गुलाब देखे पछि त्यो भनाईलाई परिमार्जन गर्न बाध्य हुनु पर्यो। हुन त हरेकले यो साल जस्तो जाडो त अहो भन्दै बढाई चढाई गरे जस्तो लाग्नु स्वभाबिक हो, तर यी गुलाबहरू बास्ताबमै मनमोहक छन। तपाईं हरुले जे भने पनि मैले मेरो पसीना संगको आत्मीयताकै कारणले यस्तो मूल्यांकन गरें । आगे यहाहरुको बिचार।