रमेश नेपाली दाँग यो मेरो blog

कबिता


आँखामा होइन हृदयमा राख्छु तिमीलाई
मायालु मनको सहरमा राख्छु तिमीलाई

दुनियाँले जे भनुन कुनै वास्ता न गरी
न्यानो समर्पणको साथमा राख्छु तिमीलाई

लाखौंमा एक हौ तिमी यो मन रिझीएको
सधै मायाको दुई शब्दमा राख्छु तिमीलाई

पाउनलाई झुटो बाचा त कसम खान्न म
समिपले दुखसुखको पलमा राख्छु तिमीलाई

छुनेछु उचाइको त्यो गन्तब्य हात समाइ
सफलताको सुन्दर चित्रमा राख्छु तिमीलाई



समयले हातमा हत्कैडी लगाएपछी ,, गरिबको बर्तको के अर्थ भो गरिबलाई दसँदिन खान नपाए ,,भोको पेटमा पैसाको के अर्थ भो कसैले भन्छन् धुङगाको मुर्ती राम्रो ,,जन्म दिने आमा नमाने धुङगाको के अर्थ भो धोबी घाटको मन्दिर मा पाती नहाले ,, मन्दिर लाई धोकेको के अर्थ भो मेरो कबिता गजल मुक्तक पर्नको छाग http://rameshnepalidang.blogspot.com/?m=1 लगन गर्नुहोला

No comments:

Post a Comment