रमेश नेपाली दाँग यो मेरो blog

Friday, November 28, 2014

जानकीलाई हेर्दै पशुपतिले भने ढाड दुखेर मार्यो (भिडियो)

मिडिया एनपी, काठमाडौँ ।  ‘क्याम्पस पढ्न आउनी’, ‘मलाई अमेरिका यही’ लगायतका दर्जनौ गीतका सर्जक बनीसकेका गायक ‘पशुपति शर्मा’ले नयाँ गीत युट्युबबाट सार्वजनिक गरेका छन् । फरक शैलीका बिषय बस्तुमा रम्न सिपालु गायक शर्माले आफ्नो पुरानै धारलाई समात्दै ढाडको समस्यामा आधारित गीत मार्फत व्यग्यात्मक शैलीमा आम मानिसको काम चोर व्यबहारलाई चोटीलो रुपमा प्रहार गरेका छन् । हालै सार्वजनिक गरिएको भिडीयमा उनले ठट्यौली पारामा दोहोरी र रोइला शैलीमा यसो भनेका छन् । 
जान्नी मान्छे कोही भए बोल,
सजिलो काम भन्देउ न के होला ,
जे गर्न नि गाह्रो, 
हलो जोती खान खोजे हलै जोत्न गार्‍हो, 
गीत गाएर खान खोजे गीतै गाउन गार्‍हो, 
सुति सुति खान्छु भन्दा ढाड दुखेर गार्‍हो ।
पशुपति शर्माको लय शब्दमा ‘जानकी तारमी मगर’ र स्वयं शर्माले स्वर दिएका छन् । भिडीयोमा पनि उनीहरुले नै अभिनय गरेका छन् । आशिष म्यूजिक प्रालीले बजार व्ब्यवस्थापन गरेको गीतमा शर्माले जनचेतना फैलाउँदै सबैलाई आ आफ्नो काममा निरन्तरता दिएर सन्तुष्ट हुन पनि आग्रह गरेका छन् । शर्माले यस अघि निकालेको तिज चनचेतनात्मक गीत ‘हामी नेपाली’ लाई केही दलीत नेताले अफवाह फैलाउन खोजेको भन्दै बन्द गर्ने चेतावनी दिए पनि उनको गीत चर्चित बनेको थियो ।

No comments:

Post a Comment