Drop Down MenusCSS Drop Down MenuPure CSS Dropdown Menu

Monday, July 21, 2014

पशुपति शर्माको तीजको गीतमाथि प्रतिबन्ध लगाउन माग

काठमाडौं । महिलाहरुको महान चार्ड हरितालिका तीजका पुरुष सेलिब्रेटी गायक पशुपति शर्माले यसवर्षको तीजको लागि लक्षित गर्दै बजारमा ल्याएको गीतको सबत्र विरोध भएको छ ।
शर्माले तीजलाई लक्षित गर्दै बजारमा ल्याएको ‘गाउँ निकाला’ एल्वममा रहेको ‘के को बाहुन के को जनजाति, जातका कुरा गर्नेहरु देशका लागि घाति, जातका कुरा गर्नेको दिमाग कहाँ छ ?, मेरो छोराले कमिनी ल्यायो, मेरी छोरी दमैसित गई…’ गीतको विरोध भएपछि उनलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ ।
शर्माले टेलिभिजन मार्फत गीतको प्रोमो बजाएपछि सो गीतले दलितको खिल्ली उडाएको भन्दै दलित सेवा संघले विरोध जनाएपछि शर्मा समस्यामा परेका छन् ।
संघका सचिव सन्तोष विश्वकर्माले विज्ञाप्ती जारी गर्दै सो गीतले दलित समुदायलाई होच्याउने र खिल्लि उडाउने भन्दै तत्काल सो गीत माथि प्रतिबन्ध लगाएर बजारमा जानबाट रोक्न आग्रह गरेका छन् । गीतलाई नरोकिए दलित समुदाय अन्दोलनमा उत्रने र कानूनी कारबाहीको प्रकृयामा जाने सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।
तर गायक शर्माले सो गीत मार्फत आफूले दलित समुदायको भावनामा खेलवाड नगरेको बताएका छन् । उनले गीतको पुरै भिडियो हेरेपछिमात्र प्रतिक्रिया दिन आग्रह गरेका छन्


No comments:

Post a Comment